चौबिस घण्टामा २८ संक्रमितको मृत्यु, १९४८ थपिए


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेका छन् ।

यस्तै बितेको २४ घण्टामा ३१४० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७ हजार ९९८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप २८ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ८९ पुगेको छ ।

प्रतिक्रिया