आजदेखि राति ८ बजेपछि उपत्यकामा गाडी चलाउन नपाइने


काठमाडाैं – कोभिड-१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै काठमाडाैं उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी गाडी सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ ।

आउँदाे भदौ ८ गतेसम्म लागू गरिएको यस आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका गाडी भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने गाडी भने चौबीसै घण्टा सञ्चालन हुने छ।

पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरूपमा मात्रै गर्ने निर्णय गरेको थियो । अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उपत्यकाको तीन जिल्ला (काठमाडाैं, ललितपुर र भक्तपुर)का प्रजिअसहितको बैठकले आदेश जारी गरी लागू गरेको हो ।

अन्य विभिन्न जिल्लामा पनि आदेशमा कडाइ गर्न थालिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ ।

 

प्रतिक्रिया