स्वास्थ्य राज्यमन्त्रीलाई महेश बस्नेतका ५ प्रश्न– माफियासँग मिल्नु भएको त होइन?


काठमाडौं– नेकपा एमालेका युवा नेता तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रश्नको झटारो हानेका छन्।

विहीबार भएको बैठकका क्रममा उनले ५ प्रश्न राख्दै स्वास्थ्य क्षेका विद्यार्थीका समस्यादेखि भक्तपुर क्यान्सर अस्पतालसम्मका विषय उठाएका थिए।

बस्नेतले राज्यमन्त्री श्रेष्ठलाई सोधेका प्रश्न यस्ता छन्–

१.विद्यार्थीहरुको परिक्षा स्वास्थ्य मापदण्ड पुरा नगरी किन लिँईदैछ? बैकल्पिक उपायहरु अबिलम्बन गर्न किन सकिएन?

२.खोप लगाउने र खोप प्रमाणपत्र लिन जनतालाई किन सास्ती? यसलाई सहजिकरण गर्ने योजना के छ?

३.मेयर, कांग्रेस उप–सभापतिको घरमा, होटेलमा खोप देखियो, धनकुटा नेपाली कांग्रसको लेटर प्याडमा तपाँई मन्त्री स्वयमले तोक लगाएर खोप पठाउनु भएको छ यो बारेमा तापाँईलाई नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन?

४.११ हजार विद्यार्थी एमबीबीएस पढ्न चाहेका छन्, हाम्रो क्षमता १८२५ जना मात्र छ, बाँकी ९ हजार विद्यार्थी विदेश जान बाध्य छन्, ९० अर्ब विदेश जाँदैछ यो बारेमा विगतमा दिएका सम्बधन रद्ध गर्ने भन्दै हुनुहुन्छ, तपाँई स्वास्थ्य माफियासँग मिल्नु भएको त होइन? यसमा तपाँको योजना के छ?

५.भक्तपुरका क्यान्सर अस्पताल, अंग प्रत्यारोपण केन्द्र, क्षयरोग केन्द्रलगायतका लागि ४ अर्ब बजेट छुट्टीएको छ, यसलाई भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनको लागि प्रक्रिया अगाडि बढाईयोस् ।

प्रतिक्रिया