प्याज काट्दा आँशु आउँछ ? यस्ताे उपाय अपनाउनुहाेस्…


काठमाडाैं – प्याज तरकारीमा मात्र हैन स्वास्थ्य र सौन्दर्यमा पनि उत्तिकै महत्वपूर्ण छ । हरेककाे भान्सामा प्रायः प्याज प्रयाेग भइरहेकाे नै हुन्छ । प्याज काट्दा आँशु आउँने कुरा त हामी सबैलाई थाहा भएको कुरा हो ।

सायद प्याज काट्दा नरुने, अथवा आँशु नझार्ने व्यक्ति कमै होलान् । प्याज काट्न सुरु गर्ने बित्तिकै सबैलाई रुन मन लाग्छ । त्यसमा पनि हातले आँशु पुछ्ने क्रममा त झन बढि पीडा भोग्नुपर्ने हुन्छ ।

प्याज काट्दा किन आँशु आउँछ भने प्याजमा एमिनो एसिड र सल्फेनिक एसिड पाइन्छ । जसका कारण प्याज काट्ने यी दुई एसिड मिक्स भई सल्फर ग्यास बन्छ । र यो ग्यास आँखामा पुग्छ । त्यही सल्फर एसिडका कारण प्याज काट्दा आँखामा आँशु आउँछ ।

धर्मशास्त्र अनुसार प्याजले भगवानकाे तपस्या गरी जसले आफ्नाे छेदन गर्छ उसले रुन पराेस् भन्ने बरदान पाएकाे कुरा उल्लेख गरेकाे पाइन्छ । तसर्थ प्याजलाई काट्नु भन्दा पहिले त्यसको जरालाई काटेर आफ्नाे (टाउकाे) शीरमा फूल लगाउने/राख्ने गरेमा आँशु आउँदैन भन्ने मान्यता छ ।

प्याज काट्दा आँशु नआउन यस्ताे उपाय अपनाउनुहाेस्
-प्याजलाई काट्नु भन्दा पहिले त्यसको जरालाई काटेर फाल्ने ।
-प्याजलाई काट्नु भन्दा केहि समय अगाडिनै प्याजलाई फि्रजमा राख्ने ।
-प्याज काट्ने ठाउँको छेउछाउमा पङखा नचलाउँने ।
-प्याज काट्ने समयमा चस्मा लगाउँने ।
-काट्नु भन्दा पहिले प्याजलाई पानीमा भिजाउँने ।
-प्याज काट्ने छेउछाउमा मैनबत्ती बाल्ने ।

 

प्रतिक्रिया