प्रधानमन्त्री देउवाको खुलासा– न्युनतम कार्यक्रमबाट एमसीसी प्रचण्डले हटाए

चीनले सीमा मिचेको विषयमा पनि उस्तै जवाफ


काठमाडौं– प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई सोधेका थिए– संयुक्त भनिएको साझा कार्यक्रममा एमसीसी किन परेन? तपाईहरुले गरेको सम्झौता होइन?

यो पेचिलो प्रश्न देउवालाई सदनमा मात्र होइन पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पार्टीका उपसभापति विमलेन्द्र निधिले पनि गरेका थिए। यसमा देउवाको जवाफ थियो,‘राखेको हो, प्रचण्डले हटाए।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साझा कार्यक्रममा उक्त विषय मात्रै नहटाएर चीनले उत्तरी क्षेत्रमा सीमा मिचेको विषय पनि राख्न नमानेको देउवाको जवाफ थियो।

अहिले सरकारका लागि अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सवाल सरकारका लागि निक्कै कठिनपूर्ण बनेको छ। अमेरिका जसरी पनि उक्त सम्झौता कार्यान्वयन गराउने पक्षमा छ।

उर्जामन्त्री पम्फा भुसाललाई भेटेर हालै मात्र पनि नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले एमसीसी पास गराउनका लागि भनेका थिए।

प्रचण्ड एमसीसी संशोधनसहित पास गर्नुपर्ने मत राख्छन्। तैपनि साझा कार्यक्रममा किन परेन भन्ने जनचासो र प्रश्न सत्ताधारी पार्टीबाटै उठ्न थालेको छ।

प्रतिक्रिया