

प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ ।
सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखको कार्यकक्षमा आज उनीहरुबीच सदनलाई प्रभावकारी बनाउने, विधेयकलाई अघि बढाउनेलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
आजै प्रतिनिधिसभा बैठक पनि बसेको थियो । बैठकलाई एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्नुका साथै सरकारको यथार्थपत्र पनि प्रस्तुत गरिएको थियो ।

