

संसदबाटै प्रचण्डको अभिव्यक्तिमा ओलीले भने- उहाँ आगो हो, डढेलो लगाउनु हुन्छ

काठमाडौं – प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पुनर्स्थापित संसदको पहिलो बैठकमा माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिको संसदबाटै जवाफ दिएका छन् ।
केही समय अघि अध्यक्ष प्रचण्डले ‘माओवादी आगो हो’ भनेर दिएको अभिव्यक्तिमा मंगलबार संसदलाई सम्बोधन गर्ने क्रममा संसदीय दलका नेता ओलीले
विगतमा प्रचण्डले देशमा डढेलो लगाएको अहिले आफुले स्मरण गरेको बताए । उनले भने, ‘उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झन्छु । उहाँ आगो हो थाहा छ । डढेलो लगाउनु हुन्छ ।’
सरकार बन्दा नबन्दै प्रतिपक्षीलाई धम्की दिइएको भन्दै उनले अघि भने, ‘तर एक(दुई बाल्टी पानीले निभाएको पनि सम्झना रहोस् ।’ एमाले अध्यक्ष ओलीले यस्तो डढेलो निभाउन आफूहरुलाई आउने बताए ।

