एमालेको केन्द्रीय कमिटी बैठक जारी, नेपालपक्ष अनुपस्थित


काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छ । प्रतिष्ठानमा बसेको बैठकमा विधान संशोधन लगायतका विषयमा छलफल हुने बताई्र्रएको छ ।

एमालेको सोमबार नै बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद मनोनीत गर्ने गरी विधान संशोधनको निर्णय गरेको थियो ।

सो निर्णय अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश हुने एक नेताले जानकारी दिए । बैठकमा महाधिवेशन केन्द्रित अन्य विषयमा पनि छलफल हुने ती नेताले बताए ।

बैठकमा माधव नेपाल समूहको भने अनुपस्थित रहेका छन् ।

प्रतिक्रिया