

तालिवान लडाकुद्वारा तीन दिनमा चार प्रान्तीय राजधानी कब्जा

काबुल – अफगानिस्तानमा तालिवान लडाकुले ३ दिनमा चार वटा प्रान्तीय राजधानी कब्जा गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार शुक्रबारयता तालिबान लडाकुले ४ वटा प्रान्तीय राजधानी कब्जा गरेका हुन् ।
आइतबार मात्र तालिवान लडाकुले अफगानिस्तानको प्रान्तीय राजधानी कुन्दुज शहर कब्जा गरेका छन् । त्यसअघि उनीहरुले जारान्ज, शाबरगान र जोजन कब्जा गरेका थिए ।
शुक्रबार सुरुमा उनीहरुले निम्रोज प्रान्तको राजधानी जरन्ज कब्जा गरेका थिए । त्यसयता लगातार चार राजधानी कब्जा गरेका छन् । पछिल्ला महिनाहरुमा अफगानिस्तानका अधिकांश ग्रामीण क्षेत्र नियन्त्रण गर्दै आएको सो समूह अब शहर कब्जा गर्ने रणनीतिका साथ अघि बढिरहेको छ ।
तालिवानले तीन दिनभित्रै चार वटा प्रान्तीय राजधानी कब्जामा परेपछि अफगानिस्तानको सेना भने अलमलमा परेको समाचार एजेन्सी एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

