

सरकारतर्फ सङ्केत गर्दै डा. भट्टराईको व्यङ्ग्य – प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है !

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाको भेरियन्ट जस्तै प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्ने चेतावनी दिएका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत नयाँ सरकारतर्फ सङ्केत गर्दै कोरोना जस्तै प्रतिगमनको पनि अर्को नयाँ भेरिएन्ट आउन सक्ने चेतावनी दिएका हुन् ।
उनले सरकारतर्फ सङ्केत गर्दै व्यङ्ग्यात्मक शैलीमा पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सनको भेरिएन्ट आउन सक्ने बताएका हुन् ।
‘कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ ।’ उनले भनेका छन्, ‘पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउनसक्छ। अतः ढुक्क भएर आ–आफ्ना पार्टी वा गुटतिर नफर्कौँ !’
कोरोना झैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउनसक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ।अत:ढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं!
— Baburam Bhattarai (@brb1954) August 8, 2021

