टङ्क दुलालः महासंघका केन्द्रीय सदस्यका उम्मेदवार एउटा अविचलित व्यावसायी


काठमाडौं– भनिन्छ, सफलता निर्णायक होइन, असफलता पनि निर्णायक होइन, यो सफलताको गणना मात्र हो। टङ्क दुलाल यहि लयका मात्र एक व्यक्ति होइनन् आयाम हुन्।

भावमा मात्र होइन व्यवाहारमा पनि उनी उस्तै छन्। शालिन व्यक्तित्व उनको परिचय हो। व्यावसायीक उडानका नयाँ आयाम हुन्, दुलाल। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यका उम्मेदवार दुलाल भ्नछन्,‘मानवता पहिलो प्राथमिकता हो तर व्यावसाय बिना पनि त संसार शुन्य हुन्छ। व्यावसाय गरेर मानवताको लहरमा हामी उभिनु नै त्यो मान्छे हुनुको सार्थकता हुन्छ।’

आउँदै गरेको नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य तर्फ जिल्ला नगरको खुल्लामा दुलाल स्पर्धा गर्दैछन्। उनी चन्द्र ढकालको समूहका तर्फबाट उम्मेदावर हुन्। भ्नछन्,‘समूह एउटा हो। तर कर्म त कर्म हो। चुनाव भएका कारण एउटा राम्रो समूहमा छु। तर मेरो काम र योगदान सँधै सेवा हो।’

नेपालको उद्योग व्यावसायमा दुलालका धेरै योगदान छन्। झापाको जन्म, सुनसरीको इटहरीमा गरेका योगदान कम छैनन्। सामान्य सहरमा उद्योग वाणिज्य संघ स्थापनादेखि उनी सक्रिय थिए। सबैको विश्वासका आधारमा नै उनले उद्योग वाणिज्य संघ इटहरीको कार्यकाल सम्हाले। त्यसलाई उन्नत र सम्झनयोग्य बनाए।

इटहरीका व्यावसायीहरू दुलालको कार्यकालाई अधिक स्मरण गर्दै भ्नछन्,‘व्यापार व्यावसायका क्षेत्रमा उहाँको योगदान र समर्पणलाई कसैले विर्सन सक्तैन।’

यति मात्र होइन, पूर्वाञ्चल उद्योग वाणिज्य महासंघमा अध्यक्ष जस्तो जिम्मेवारीमा दुलालको योगदान सम्झनलायक छ। इटहरीमा व्यावसायलाई बलियो बनाएका उनले पूर्वाञ्चलमा उद्योग कल कारखाना मात्र होइन, व्यापार व्यावसाय बलियो बनाउनुपर्छ भन्ने धेय राखे। यहि धेयमा उनको यात्रा निरन्तर चलिरहेको छ।

केन्द्रमा नै व्यावसाय धराशायी भएका बेला दुलालले क्षेत्रलाई बलियो बनाउने उद्देश्या राखे। त्यसै अनुरुप उनले व्यापार प्रबद्र्धनका निम्ति  अनेक यात्रा तय मात्र गरेनन्, साना लगानीकर्तालाई पनि हौस्याए। जसका कारण अहिले लघु उद्योगको लहर पूर्वमा छरिएको छ।

दुलाल भ्नछन्,‘हामीले नयाँ नयाँ युवालाई उत्प्रेरित मात्र होइन, हौसला पनि दिनु पर्छ। यसको संरक्षणका निम्ति उद्योग वाणिज्य महासंघ छ। जहाँ हामी जस्ता धेरैको प्रतिनिधित्व हुनेछ। हामी हौसला दिन्छौं।’

प्रतिक्रिया