

पार्टीभित्र ‘मै सबथोक र सर्वज्ञानी भन्ने अहंकार’ बढ्यो, सामुहिकताका भावना हराए : नेपाल

काठमाडौं – नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति रुष्ट बन्दै आएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ‘म सबथोक र सर्वज्ञानी’ भन्ने अहंकारले पार्टीभित्र समस्या देखिएको बताएका छन् ।
शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता नेपालले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयास पर्याप्त नहुने पनि बताए ।
‘हामी कहाँ पनि अहंकारका प्रवृत्तिहरु देखा परे । सामुहिकताका भावनाहरु हराउन थाले । अरुका ज्ञान अनुभवहरुलाई बेवास्ता गर्न थालियो । मै सबथोक, सर्बज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो । हाम्रो पार्टी नेकपा (एमाले) मा समस्या देखाप¥यो’ उनले भने, ‘त्यो समस्या हामी हल गर्न चाहिरहेका छौं ।’
वरिष्ठ नेता नेपालले पार्टी एकताका नाममा बाँदरे नाच प्रदर्शन गरिएको पनि बताएका छन् । उनले आफूभित्र रहेका त्रुटी स्वीकार गरेर अघि बढ्ने आँट गर्नुपर्ने पनि बताए ।

