पर्यटन प्रवद्र्धनका लागि ६० लाख लागतमा ‘सुँगुर’को प्रतिमा निमार्ण


काठमाडौं -उदयपुरको बेलका नगरपालिकाले ६० लाख रुपैयाँ लागतमा सुँगुरको प्रतिमा निमार्ण भएको छ । पर्यटन प्रवद्र्धनलाई केन्द्रित गर्दै नगरपालिका- ७ मैनामैनीमा नगरपालिकाले बराह (सुँगुर) को प्रतिमा निमार्ण गरिएको हो ।

उक्त प्रतिमा बनाउनका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा बजेट विनियोजन गरिएको थियो । २ वर्षदेखि बनाउन शुरु गरिएको बराहको प्रतिमा निर्माणको काम लगभग सकिएको र दाह्रा, पुच्छर बनाउन र रंगरोगन गर्न बाँकी रहेको मेयर दुर्गाकुमार थापाले बताए ।

थापाका अनुसार बराह भनेको जंगली सुँगुर अर्थात बँदेल हो । बराहको प्रतिमा बनाएको क्षेत्र र प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्र तथा चतराधाम वारिपारि पर्छ भने बीचबाट सप्तकोशी बगेको छ । आन्तरिक पर्यटनको विकासका लागि पार्क बनाउने तयारीसमेत रहेको मेयर थापाले बताए ।

प्रतिक्रिया