चालकको चलाखीले बचे ३० यात्रु, यसरी भिरमा अड्कियो बस


काठमाडौं – भारतको हिमाञ्चल प्रदेशमा रहेको सिरमौर जिल्लामा चालकको चलाखीले ठूलो दर्घटना हुनबाट जोगिएको छ ।
पान्वटा शिलाई नेशनल हाईवे–७०७ को बोहराडको नजिकै एक निजी यात्रुबाहक बस ठूलो भिरबाट ३०० मिटर तल खस्नबाट जोगिएको हो । बस दुर्घटना हुनबाट जोगिएपछि बसमा सवार ३० जना सकुशल रहेका छन् ।

शुक्रबार साँझ ४ बजे ३० जना सवार बस पान्वटाबाट शिलाईतर्फ गइरहेको छ । बस चालकको चलाखीले दुर्घटना हुनबाट जोगिएको प्रत्यक्षदर्शीले भारतीय सञ्चार माध्यमलाई बताएका छन् । कफोटाबाट करिब १० किलोमिटर टाढा पुगिसकेको बसको स्टेयरिङको रड टुट्यो । जसको कारण बस सडकको छेउमा रहेको प्यारापिटलाई तोडेर हावामा अड्कियो । तब, बसमा सवार सबै यात्रु रुन र कराउन थाले ।

बसको आधा हिस्सा सडकबाट बाहिर गइसकेको थियो । तर, उक्त समयमा पनि चालकले होस गुमाएनन् र ब्रेक लगाइरहे । जसको कारण बस एउटा मात्र टायरको सहारामा अड्कियो । चालकले उभिएर सबै यात्रुलाई बाहिर निकाले त्यसपछि सबै मिलेर बसलाई ठूलो ढुङ्गाको आड दिएर रोके र चालकलाई पनि बाहिर निकाल्न सफल भए ।

प्रतिक्रिया