कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सीसीएमसीलाई राज्यमन्त्री श्रेष्ठकाे सिफारिस


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफरिस गरेको छ ।

कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन् ‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु’, ।

यही साउन ३१ गतेदेखि ९ दिनसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सरकारी तयारी रहेको थिषे ।

 

प्रतिक्रिया