माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


काठमाडौं – बिहीबार(हिजो)देखि सुरु भएको नेकपा एमाले माधवकुमार नेपाल खेमाको केन्द्रीय कमिटी बैठक शुक्रवार(आज) पनि बस्दै छ।

बैठक बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु हुँदै छ । बैठकमा पार्टी एकता, सरकारमा सहभागी हुने लगायत विषयमा छलफल हुने जनाइएको छ ।

हिजोको बैठकमा केन्द्रीय सदस्यहरूले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विवादबारे धारणा प्रस्तुत गरेका थिए । जसमा केहीले तत्काल सरकारमा जानु पर्नेमा जोड दिएका थिए भने कतिपयले पार्टी एकताका लागि नै पहल गर्न नेपाललाई आग्रह गर्दै सरकारमा तत्काल गई नहाल्न सुझाएका थिए ।

प्रतिक्रिया