पार्टी मैले बनाएको हुँ, एजेण्डामा हामीले जितेका छौं : माधव नेपाल


काठमाडौं – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी एकताका पक्षमा रहेको बताएका छन् । बिहीबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताए ।

नेता नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने बताए । नेता नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट जिकिर गरे ।

‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ । त्यसैले हामीले सम्मानजनक हैसियत बिना ओलीसँग एकताको रटान गरेर मात्रै हुँदैन’, नेपालको भनाइ थियो, ‘म एकताकै पक्षमा छु ।’

उनले भने, ‘ सोच विचार गरेर नै एकता गर्ने पक्षमा रहेको छु ।’ नेपाल नेपालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य यज्ञराज सुनुवारले भने, ‘पार्टी मैले बनाएको हुँ । एजेण्डामा हामीले जितेका छौं । केपी ओलीको ज्यादतीपूर्ण, निरंकुश कदमले अहिलेको अवस्था आएको हो । एकताको लागि तयार छौं तर सम्मानजनक एकता हुनुपर्छ ।’ बैठकको अध्यक्षता गर्दै नेता नेपालले एजेण्डामा आफूहरुले केपी ओलीलाई जितेको बताएका थिए ।

त्यस्तै शुक्रबारसम्म चल्ने बैठकमा सहभागीहरुलाई ३र३ मिनेट बोल्नका लागि समय छुट्याइएको छ । बिहीबारको बैठकमा ७३ जनाले हस्ताक्षार गरेका छन् ।

 

प्रतिक्रिया