सम्मानजनक रुपमा पदबाट बाहिरिन तयार छु : हितेन्द्रदेव शाक्य


काठमाडौं – नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफु अपमानजनक तरिकाबाट नभई सम्मानजनक रुपमा अहिलेको पदबाट बाहिरिन तयार रहेको बताएका छन् ।

मंगलबार प्रधानमन्त्रीको सचिवालयबाटै सरकारले आफ्नो राजीनामा माग गरेको र कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने खबर सार्वजनिकपछि बुधबार पत्रकार सम्मेलन गरि उनले जवाफ दिएका हुन् । जवाफमा उनले सरकारले आफ्नो राजीनामा नमागेको बरु वैकल्पिक कुन जिम्मेवारी दिन सकिन्छ भन्नेबारे कुरा गरेको बताएका छन् ।

‘मेरो क्षमता, अनुसार अहिलेसम्मको दक्षता अनुसार मलाई जहाँ जिम्मेवार दिएपनि सरकारले खटाएको ठाउँमा काम गर्न कुनै गाह्रो छैन’ उनले भने । उनले आफु अपमानजनक तरिकाबाट नभई सम्मानजनक रुपमा अहिलेको पदबाट बाहिरिन तयार रहेको संकेत समेत गरेका छन् ।

सरकारले जुन स्थानमा खटाए पनि आफु काम गर्न तयार रहेको भन्दै उनले महामारीको बीचमा प्राधिकरणमा बसेर आफुले उल्लेख्य काम गरेको बताए ।

प्रतिक्रिया