कांग्रेस पदाधिकारी बैठक बस्दै


काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्दैछ। बैठक आज दिउसो ३ बजे पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने तय भएको हो ।

बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा पनि पार्टीका शीर्ष नेताहरुसँग थप छलफल गर्न लागेका हुन्। साथै समसामयिक राजनीति र पार्टीको आगामी १४ औँ महाधिवेशनबारे छलफल हुनेछ।

यस्तै क्रियाशील सदस्यता विवादका कारण निम्तिएको असहज परिस्थितिबारे पनि छलफल हुने वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। कांग्रेसमा क्रियाशील सदस्यता विवादले महाधिवेशन प्रभावित हुने देखिएको छ।

यहि विवादकै विषयमा हिजो पौडेल समूहले छुट्टै छलफल गरेर विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशील सदस्यतालाई मान्ने गरी १४ औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने प्रस्ताव गरेको छ।

प्रतिक्रिया