विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।

हाल प्राधिकरणका कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका हितेन्द्रदेव शाक्यलाई भने सरकारले राजीनामा दिन आग्रह गरेको छ । शाक्यको अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।

२०७७ माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । त्यसअघि २०७७ कात्तिक २१बाट उनी कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारीमा थिए । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको थियो ।

 

प्रतिक्रिया