

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी विच्छा नियुक्त

काठमाडौं – स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी विच्छा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्रोतका अनुसार उनलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
डा. दीपेन्द्ररमण सिंहलाई भने मन्त्रालयमा सरुवा गरिएको छ ।
यसअघि डा. विच्छा कान्ति बाल अस्पतालको निर्देशकको रुपमा काम गरिरहेका थिए । उनको पदावदी सकिन केही महिना मात्रै बाँकी छ ।

