साँझ फेरि बस्ने गरि सकियो सत्तारुढ गठबन्धनको कार्यदलको बैठक


काठमाडौं – मंगलबार विहान बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठक साँझ फेरि बस्ने गरी सकिएको छ ।

सरकारकाे न्युनतम साझा कार्यक्रम तयार पार्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे कार्यदलको बैठक साँझ फेरि बस्ने गरी सकिएको हो।

बैठकमा गठबन्धन सरकारको साझा कार्यक्रमको मस्यौदामाथि छलफल बताइएकाे छ ।  कार्यदलका सदस्यसचिव केशव जोशीका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम मंगलबार नै टुंगो लगाउने तयारी छ ।

कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझाएपछि सार्वजनिक गरिने एक सदस्यले बताए । कार्यदलको प्रतिवेदनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने कांग्रेस महामन्त्री एवं कार्यदलका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए ।

 

प्रतिक्रिया