स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई प्रधानमन्त्री देउवाको दनक, डा. जागेश्वर गौतमको सरुवा रोकियो


काठमाडौं– राज्यमन्त्री स्तरीय निर्णयबाट कोभिड युनिफाइड अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकृत पदमा रहेका डा. जागेश्वर गौतमको सरुवा प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका छन्।

सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा. गौतमलाई वीरबाट थापाथलीस्थित प्रसुति अस्पतालमा सरुवा गरेका थिए। तर प्रधानमन्त्री देउवाको मौखिक आदेशका कारण सरुवा रोकिएको छ।

देउवासँग स्वास्थ्य मन्त्रालय पनि रहेको छ। विभागीय मन्त्रालय समेत सँगै राखेका प्रधानमन्त्री देउवासँग कुनै सल्लाह नगरी राज्यमन्त्री श्रेष्ठले डा. गौतमको सरुवा गरेका कारण रोकिएको हो।

स्वास्थ्य मन्त्रालयलाई गौतमको सरुवा पत्र नबनाउनका लागि प्रधानमन्त्री कार्यालयको निर्देशन थियो।

प्रतिक्रिया