

सत्तारुढ गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलहरूको कार्यदलको बैठक जारी छ ।
आजको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउने कार्यदलका एक नेताले जानकारी दिए । सोमबार बसेको कार्यदलको बैठकमा न्यूनतम साझा कार्यक्रममाथि छलफल भएको थियो ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा डा। मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देव गुरुङ, राजेन्द्र श्रेष्ठलगायत नेताहरू छन् ।

