आगामी चुनावमा नेकपा एमालेकै बहुमत : मुख्यमन्त्री पोखरेल


नवलपरासी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आगामी चुनावमा नेकपा एमालेकै बहुमत आउने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको आयोजनामा भएको बृहत वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्न नवलपरासी पश्चिमको बर्दघाटमा पुगेका मुख्यमन्त्री पोखरेलले सो कुरा बताउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको निर्देशनमा भएका गतिविधिलाई आउँदो चुनावमा देखाइदिने बताए ।

मुख्यमन्त्री पोखरेलले जनमतलाई बीचमै अपहरण गर्ने कोसिस गरिएको पनि बताए।

अदालतबाट प्रधानमन्त्री तोकिनु दमन र निरंकुशता भएकाले यसलाई संवैधानिक ‘कु’ को रुपमा बुझिनुपर्ने उनको भनाइ थियो। उनले विपक्षी दलहरुप्रति संकेत गर्दै जनताका बीचमा जाने कुरा प्रतिगमन भए अदालतबाट प्रधानमन्त्री तोकिनु के हो ? भन्दै प्रश्न गरे।

प्रतिक्रिया