मेलम्चीमा पूजाको प्रसाद खाएर एकै गाउँका दुई दर्जन बढि मानिस बिरामी


काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका -११ चापाबोट चालिसे गाउँमा पूजाको प्रसाद खाँदा दुई दर्जन बढि मानिस बिरामी भएका छन्।

बिहीबार स्थानीय एउटा घरमा पूजामा प्रसाद खाएकाहरुलाई झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन्। विरामी सबैलाई स्वास्थ्य चौकी ल्याउन सम्भव नभए पछि बिहानै स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरिएको
र ३ जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याईएको उनले बताईन् ।

अन्य बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिइन्। फुडपोइजनको कारणले झाडापखाला लागेकोले ४८ घण्टासम्म सबैलाई ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ।

प्रतिक्रिया