पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित


काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्णायक भनेर बोलाएको स्थायी कमिटीको बैठक भोलि सम्मका लागि स्थगित भएको छ।

शनिबार दिउसो ३ बजेका लागि बोलाइएको बैठक सुरु भएलगत्तै भोलि सम्मका लागि स्थगित भएको हो।

कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

त्यसअघि विघटित कार्यदलको बैठक नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो । बैठकमा नेताहरूले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् ।

 

प्रतिक्रिया