

सम्पर्कविहिन भएकी सांसद विमला वली दाङको एसपीको सम्पर्कमा

दाङ – सम्पर्कबिहिन भएको भनिएकी लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री (वली)प्रहरीको सम्पर्कमा आएकी छन्। दाङ ३´ख` बाट निर्वाचित सांसद विमला बेपत्ता भएको भन्दै उनी आवद्ध माओवादी केन्द्रले खोजी थालेको थियोे।
उनी दाङ प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले सम्पर्कमा आएकी छन्। एसपी काफ्लेले सांसद विमला आफ्नो सम्पर्कमा भएको दावी गरेका छन्।
‘मैले हिजोराती र आज बिहान फोन गरेको छु,’ एसपी काफ्लेले भने,’कान र घाँटीमा समस्या देखिएकाले उपचारकालागि नेपालगन्ज आएकी छु भन्नुभएको छ। उहाँ सम्पर्कमा नै हुनुहुन्छ।’
विमलाले बिरामी भएकाले कसैको फोन नउठाएको बताएको एसपी काफ्लेले बताए। माओवादी केन्द्रले भने आफ्नो पार्टीका नेता सँग विमला सम्पर्कबिहिन भएको भन्दै खोजी गरिरहेको छ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकाउन र जोगाउन रस्साकस्सी चलिरहेको छ।

