ठाकुर पक्षका दुई रिट सर्वोच्चमा विचाराधीन


काठमाडौं – निर्वाचन आयोगले जसपाको आधिकारिता निरुपण गरेको विषयमा परेका महन्थले दिएको दुवै रिटको एकैपटक सुनुवाइ गर्न सर्वोच्चले आदेश गरेको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले महन्थ ठाकुर पक्षले दायर गरेका दुवै रिटको एकैपटक सुनुवाइ गर्ने गरी लगाउमा राख्न आदेश दिएको हो । उक्त आदेशपछि ठाकुर पक्षको आधिकारिकतासम्बन्धी र निर्वाचन अयोगको फैसलासम्बन्धी दुई रिट सर्वोच्चमा विचाराधाीन छन् ।

८ साउनमा पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै ठाकुर पक्षले सर्वोच्चमा रिट हालेका थिए ।

न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगमा यसबारे खुल्ला बहस पैरवी गराई निर्णय भएकाले दुवै पक्षसँगको छलफलपछि मात्रै अन्तरिम आदेश दिने, नदिनेबारे निर्णयमा पुग्ने उचित हुने ठहर गरेको थियो । त्यसका लागि आज मिति तोकिएको थियो । आजको आधिकारिकतासम्बन्धी सबै रिटलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश भएको हो ।

 

प्रतिक्रिया