

एमाले छिरेका पूर्वमाओवादीहरुको मुद्दा न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौं– एमाले छिरेका पूर्वमाओवादी नेताहरुले सांसदका रुपमा कायम रहन मागदावी सहित दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा परेको छ।
विहीबार दिपक कार्कीको इजलासमा रहेको मुद्दा हेर्न नभ्याइनेमा थियो।
लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले दायर गरेको रिट निवेदन शुक्रबार न्यायाधीश भट्टराईको एकल इजलासमा राखिएको सर्वोच्च स्रोतले जनायो।

