देउवा सरकारमा मन्त्री नभई नछाड्ने उपेन्द्र यादवको ढिपी, बाबुरामको सुझाव लत्याए


काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री नबन्नका लागि पार्टीका कार्यकारीणि परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सुझाव दिएका छन्।

कार्यकारीणि परिषद बैठकका क्रममा मन्त्री चयनका विषयमा छलफल हुँदा डा. भट्टराईले यो चुनावी सरकार भएकाले यसमा अन्यलाई नै मन्त्रीका लागि पठाएर पार्टी संगठनको काममा सक्रिय हुन यादवलाई सुझाव दिएका थिए।

तर यादवले भने आफू नेतृत्वमा नै सरकारमा ७ मन्त्रालय लिएर जाने ढिपी कसेका छन्। उनले आफू मन्त्री भए पनि खासै फरक नपर्ने भन्दै भट्टराईको प्रस्ताव लत्याएको स्रोतले जानकारी दिएको छ।

मन्त्रिपरिषद विस्तारमा सहमतिसहित भागमा ७ मन्त्रालय परेपछि जसपाले नाम छनौटका लागि बैठक राखेको थियो।

प्रतिक्रिया