

हंगेरी सरकारले नेपाललाई दियो स्वास्थ्य सामग्री

काठमाडौं – हंगेरी सरकारले नेपाल सरकारलाई कोभिडसम्बन्धी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सो अवसरमा हंगेरी गणतन्त्रका राजदूत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दूतावासले हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामग्रीले नेपालमा कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रही काम गर्ने व्यक्तिहरुका लागि सहयोगी सिद्ध हुने अपेक्षा राखेको बताएको छ ।

