

पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगेका चार पूर्वसांसदको रिटबारे सुनुवाई आज

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तत्कालिन सरकारमा रहेका नेकपा माओवादी केन्द्रका तत्कालिन चार नेताले सांसद् पद पुनर्बहालीको माग गर्दै दायर रिटको आज पेसी तोकिएको छ ।
पूर्वमन्त्री एवं माओवादी केन्द्रबाट निर्वाचित भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद् पदमा पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । ती रिटको आज (बिहीबार) पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।
त्यसपछि माओवादीले पार्टी विधान विपरित भन्दै माओवादीले उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारवाही गरेको थियो ।
रायमाझी अर्घाखाँची, भट्ट कैलाली क्षेत्र नम्बर ४, साह रौतहट ३ र चौधरी कैलाली ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

