प्रचण्डले गरेको ‘ब्रिफिङ’ झूठो साबित, माधव नेपाल समूह तत्काल सरकारमा नजाने


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा एमाले नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ।

एमालेभित्र एकताको विषयमा परामर्श चलिरहेका कारण अहिले सरकारमा नजाने निर्णय भएको सत्ता गठबन्धनको बैठकमा नेपालका तर्फबाट सहभागी विजय पौडेलले जानकारी गराएका थिए।

बुधबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा नेपाल समूहले यस्तो निर्णय सुनाएपछि मंगलबारमात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठकमा गरेको ब्रिफिङ झूठो साबित भएको छ।

मंगलबार बिहान नेता नेपालसँग भेटेका उनले उक्त समूह पनि सरकारमा आउने दाबी गर्दै स्थायी समितिलाई ब्रिफिङ गरेका थिए।

प्रतिक्रिया