

सत्ता गठजोडको बैठकमा मन्त्रिपरिषद विस्तार गर्ने सहमति, बेलुकाको बैठकमा मन्त्रीका नाम

काठमाडौं– सत्ता गठबन्धन बैठकमा मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ।
बुधबार विहान प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठजोडको बैठक बेलुका बस्नेगरी सकिएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताएका छन्।
बेलुकाको बैठकमा मन्त्रीका नाम प्रस्तावित हुने र विहीबारसम्ममा मन्त्रिपरिषद विस्तार गरिने स्रोतले जनाएको छ।
बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका उपेन्द्र यादव, बाबुराम भट्टराई, माधव नेपाल समूहबाट विजय पौडेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए।
जनमोर्चा सरकारमा सहभागी नहुने भएको छ।

