

मन्त्रिपरिषद विस्तारको तयारी, मन्त्रीको नाम टुङ्ग्याउन गठबन्धन बैठक बालुवाटारमा

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। मन्त्रीको नाम दिनका लागि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन्।
राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन गरे पनि मन्त्रालय नलिने घोषणा गरेको छ भने नेता नेपाल र यादवले मन्त्रीको नाम दिने बताइएको छ।
माओवादी अध्यक्ष प्रचण्डले भने मंगलबार स्थायी कमिटीको बैठक राखी मन्त्रीको नाम तय गरेको बताइएको छ।

