माधव नेपाल समूह सरकारमा जाने, अंशमा एउटा–एउटा प्रदेश प्रमुख र योजना आयोग सदस्य


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा एमाले नेता माधवकुमार नेपाल समूह सहभागी हुने भएको छ।

६ मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको उक्त समूहको अंशमा एक प्रदेश प्रमुख र एक जना राष्ट्रिय योजना आयोगको सदस्य छुट्याइएको सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

नेपालसँग भएको भेटमा एमालेभित्र एकताको वार्ता पनि चलिरहने र सरकारमा पनि जाने सहमति भएको प्रचण्डले माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा बताए।

माओवादीले आफ्नो अंशमा परेको २ नम्बर प्रदेशमा तिलक परियार र गण्डकी प्रदेशमा अमिक शेरचनलाई प्रमुख बनाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ।

प्रतिक्रिया