राष्ट्रपतिले त्रिवि शिक्षण अस्पतालमा आँखा जँचाइन्


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा पुगेर आँखा जाँच गराएर फर्किएकी छन् । मंगलबार बिहान सवा ९ बजे अस्पताल पुगेकी भण्डारी करिब एक घण्टा बसेर फर्किएकी हुन् ।

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको बिपी कोइराला नेत्ररोग अध्ययन केन्द्रमा राष्ट्रपति भण्डारी आँखाको नियमित जाँचका लागि आएको केन्द्रका निर्देशक डा आनन्द शर्माले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले आँखा सामान्य चेकजाँच गराएकी हुन् । चिकित्सकहरुले उनको आँखाजाँचपछि आँखाको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । नियमित आँखा जाँचका लागि अस्पताल पुगेकी राष्ट्रपति भण्डारी फर्किसकेकी छन् ।

प्रतिक्रिया