कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान समिति सदस्य गुरुङको ‘नोट अफ डिसेन्ट’ किन आयो?

रमेश लेखकले प्रतिवेदनमा सबैतिरको समस्या समाधानको विषय उठान गरेका छन् त?


काठमाडौं– सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवाद समाधान समितिको प्रतिवेदन पेश हुने भएको छ।

मंगलबार बस्न लागेको बैठकमा पेस हुने प्रतिवेदनमा विवाद समाधान समितिका सदस्य रहेका नेता कल्याण गुरुङले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।

छानबिन समितिका संयोजक रमेश लेखकले सबैतिरका विवाद समाधानको विषय नसमेटेको र प्रतिवेदन पूर्ण नभएको कारण गुरुङले नोट अफ डिसेन्ट लेखेका हुन्। उक्त विवाद समितिमा अर्का युवा नेता प्रदिप पौडेल पनि सदस्य छन्।

पदाधिकारी बैठकका लागि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट बुढानिलकण्ठ लागेका छन्।

प्रतिक्रिया