

जनकपुरमा मुख्यमन्त्री राउतको राजिनामा माग गर्दै पुत्ला दहन

जनकपुरधाम – प्रदेश २ सरकारले ल्याएको मदरसा शिक्षा विधेयक फिर्ताको माग गर्दै जनकपुरधाममा सोमबार प्रदर्शन गरिएको छ ।
राष्ट्रिय एकता अभियानको अगुवाईमा यो विधेयक फिर्ताको माग गर्दै प्रदर्शनसहित मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएका छन् ।मुख्यमन्त्री कार्यालय अगाडिबाट निकालिएको बिरोध जुलुस जनक चोकमा गएर टुँगिएको थियो ।सो क्रममा प्रहरी प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।
उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको अभियानका अध्यक्ष विनय यादवले बताए । जुलुसका क्रममा उनीहरुले मुख्यमन्त्रीको राजिनामा माग गरेका थिए ।
२०७५ सालमा मदरसा शिक्षा सम्बन्धी विधेयक प्रदेश सभामा पेश गरिएपनि यसमाथि छलफल प्रारम्भ हुन सकेको छैन् ।

