

संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमतसंग्रहको मागसहित मिश्रको ४४ पेजको प्रस्ताव (दस्तावेजसहित)

काठमाडौं – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव अघि सारेका छन् । मिश्रले सोमबार एक दस्तावेज सार्वजनिक गर्दै स्थानीय निकायको पुनसंरचना गर्दै सुदृढ बनाउनु पर्ने र संघीयता खारेज गर्नुपर्ने माग गरेका हुन् ।
दस्तावेजमा नेपालमा शिशु अवस्थामै रहेको संघीयतालाई देशले राजनीतिक, आर्थिक र भूराजनैतिक कुनै पनि दृष्टिकोणबाट धान्न सक्दैन भन्ने विज्ञ तथा सर्वसाधारणको कमी छैन भनी उल्लेख गरिएको छ । उनले पार्टीमा छलफलका लागि दस्तावेज पेस गर्दै यस्तो प्रस्ताव गरेका हुन् । मिश्रले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको ठहरसहित खारेजीमा जानुपर्ने मत राखेका हुन् ।
मिश्रले धर्मनिरपेक्षताबारे पनि जनमत संग्रहमा गएर छिनोफानो गर्नुपर्ने मत राखेका छन् । ‘स्थानीय निकायलाई पुनर्संरचना गरेर सुद्दढ गर्नु जरुरी छ । त्यससँगै संघीयता खारेजीमा जानुपर्छ’, उनले भनेका छन्, ‘संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको छ । संघीयता नेपालको अखण्डताको लागि घातक पनि छ ।’
यस्तो छ मिश्रको प्रस्तावः

