अफगानिस्तानमा नयाँ सरकार बनाए तालिबान हतियार बिसाउन तयार


अफगानिस्तान – तालिबान समूहले अफगानिस्तानमा नयाँ सरकार गठन हुनुपर्ने माग गरेको छ । देशमा द्वन्द्व समाधान गर्नेका लागि सबै पक्ष समेटेर नयाँ सरकार गठन गर्नुपर्ने माग राखेको हो ।

तालिवान समूहका प्रवक्ता सुहेल शाहीनले समाचार संस्था एपीसँग गरेको कुराकानीमा अहिलेको सरकार सत्ताबाट हटे मात्रै देशमा शान्ति कायम हुने बताएका छन् ।

उनले अहिलेका राष्ट्रपति अशरफ घानीले सत्ता छाड्नु पर्ने माग गरेका छन् । संयुक्त सरकार बनाउनु पर्ने शाहीनको भनाइ छ । अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिएपछि तालिबानले थप भू–भागमा कब्जा जमाउन थालेको छ ।

घानीले सत्ता छाडेर सबै पक्षलाई स्वीकार्य भएको सरकार बनाएमा आफूहरु हतियार बिसाउन तयार रहेको ती तालिबान नेताले बताएका छन् । त्यसो भन्नुको मतलब आफ्नो समूहले मात्रै एकल सरकार चलाउन पाउनु पर्छ भन्ने नरहेको शाहीनको भनाइ छ । अहिलेका राष्ट्रपति घानीलाई भने तालिबान कुनै पनि शर्तमा स्वीकार्न तयार नरहेको उनले बताए ।

प्रतिक्रिया