लामखुट्टेलाई मार्न खोज्दा अनियन्त्रित भइ कार दुर्घटना


भक्तपुर – भक्तपुरको गठ्ठाघरमा कार सामान्य दुर्घटनामा परेको छ । बी एए १३४८ नम्बरको कार दुर्घटनामा परेको हो ।

दुर्घटनाको कारण भने रोचक देखिएको छ । चालकलाई उद्धृत गर्दै भक्तपुर प्रहरीले दिएको जानकारी अनुसार कार चलाइरहेका बेला लामखुट्टे मार्न खोज्दा अनियन्त्रित भइ कार दुर्घटनामा परेको हो ।

कार सडक किनारमा रहेको रेलिङमा ठोक्किएको थियो । दुर्घटनामा परी कारमा र रेलिङमा क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालकको मापसे परीक्षण भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया