काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप


काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले आईतबार थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार राति बाह्र बजे सकिदैछ

निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

 

प्रतिक्रिया