जसपा विवाद: आयोगको आदेशपछि दुबैपक्ष छलफलमा व्यस्त


काठमाडौं, जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपणका लागि निर्वाचन आयोगले दिएको आदेशकाे मिति नजिकिँदै जाँदा दुबै पक्षले छलफललाई तीब्र बनाएका छन् । जसअनुसार उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक शुरु भएको छ ।

समसामयिक राजनीतिक, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन, प्रशिक्षण अभिमुखिकरण, अदालत र निर्वाचन आयोगमा मुद्दाबारे अख्तियारी दिने लगायतका ५ एजेण्डा बैठकका रहेका छन् । त्यस्तै महन्थ ठाकुर पक्षको पनि कार्यकारिणी समितिको बैठक बस्दै छ ।

पार्टी भित्रको विवाद र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्ने एजेण्डा बैठकको रहेका छन् । जसपा विवाद निरुपणका लागि निर्वाचन आयोगले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिलाई साउन ११ गते उपस्थित हुन आदेश दिएको छ । निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दिएका छन् ।

प्रतिक्रिया