प्रचण्डलाई माधव नेपाल भड्कीने पीर, एमाले एक हुन नदिन कोटेश्वर पुगरे किन उचाल्छन्?


काठमाडौं– सत्ता गठबन्धनमा रहेका एमाले नेता माधवकुमार नेपाल भड्कीने चिन्ताले नेकपा माओवादी केन्द्राध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सताउन सुरु गरेको छ। यसैकारण पनि उनको सक्रियताका कारणले नै प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै विश्वासको मत लिने निर्णय गरेका थिए।

देउवालाई प्रधानमन्त्री बनाउनका लागि अदालतसम्म हस्ताक्षर लिएर पुगेका भिम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएपछि प्रचण्डको मनमा एमाले मिल्ने चिन्ताले पिरोल्न थालेको बताइन्छ। विश्वासको मत दिने क्रममा पनि देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेका १० जना तटस्थ बसिदिए।

‘एमालेभित्र विभाजन नभई आगामी चुनावसम्ममा माओवादीको शक्ति क्षीण हुने सम्भावना देखेका कारण प्रचण्डले माधव नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति नहोस् भन्ने चाहेका छन्’, उच्च स्रोतले भन्यो,‘ओलीले सहमतिमा ल्याएको खण्डमा माओवादीसँग सहकार्य हुन नसक्ने कित्तामा प्रचण्ड पुगेका छन्।’

प्रचण्डले राजनीतिक मात्र नभई त्यसमा मनोवैज्ञानिक प्रभाव पनि पार्न सक्ने आँकलन गरेको उच्च स्रोतले भन्यो,‘त्यहि भएर ओलीलाई जति गाली गरिएको हुन्छ त्यसमा प्रचण्डले ठिक गर्नुभयो, गर्ने यहि हो भन्ने गर्छन्।’

त्यसो त प्रचण्डले नेता नेपाललाई आफूभन्दा पर जान नदिनका लागि अनेक भाषणमा प्रशंशा गर्दै आएका छन्। खासगरी प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने क्रममा पनि उनले १२ बुँदेदेखि अनेक प्रकरणमा माधव नेपालको भूमिकाको खुलेर सम्बोधन गरेका थिए। त्यसो सुन्दा नेता नेपाल गजक्क पर्छन्।

शनिबार पनि कोटेश्वरमा पुगेका प्रचण्डले नेता नेपालले ओलीलाई महाराजधिराजले माफी दिनुभयो भन्ने विषय राम्रो व्यंग्य भएको बताएका थिए।

प्रतिक्रिया