

जसपा विवाद: आयोगको आदेशविरुद्ध ठाकुर पक्ष पूग्यो सर्वोच्च अदालत

काठमाडौं – निर्वाचन आयोगको आदेशविरुद्ध जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत पुगेको छ।
आयोगले पार्टी विवादको निर्क्योल गर्नुअघि साउन ११ गते केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई नै सक्कल नागरिकतासहित आयोगमा उपस्थित हुन आदेश दिएको थियो । सोही आदेश विरुद्ध ठाकुर पक्ष सर्वोच्च पुगेको हो।
केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्ष बहुमत भएकाले आयोगको निर्णयविरुद्ध महन्थ पक्ष सर्वोच्च गएको हो। जसपा दल एकता हुँदा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना आयोगमा गएर सनाखत गरेका थिए।

