वरिष्ठ शल्यचिकित्सक डा मुडभरीको कोरोनाबाट निधन


काठमाडौं – वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ ।

पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा शनिबार उनको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिइन् ।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पु¥याएका डा मुडभरी ॐ अस्पतालका संस्थापक थिए । उनकी श्रीमती, दुई छोरी र एक छोरा छन् । स्व मुडभरीको शनिबार पशुपतिमा अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया