आफ्नै जिल्ला र क्षेत्रका पदाधिकारीले सिंहलाई कारबाही गर्न देउवालाई पठाए पत्र

क्रियाशील सदस्यतामा निधिसँग असन्तुष्ट भई अमेरशले सांसद पदको राजीनामा बुझाएका थिए


काठमाडौं– नेपाली कांग्रेसभित्रका विवादीत सांसद अमरेशकुमार सिंहलाई कारबाही गर्न उनकै जिल्लाका जनप्रतिनिधि र पार्टीका स्थानीय तहका अधिकारीले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन्।

महाधिवेशन नजिकिएका बेला उपसभापति विमलेन्द्र निधिले क्रियाशील सदस्यता वितरणमा मनपरी गरेको भन्दै सिंहले देउवालाई प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएको पत्र बुझाएका थिए।

तर सिंहकै मनपरी चलेको भन्दै स्थानीय तहका नेता कार्यकर्ताले कारबाहीको माग गरी ध्यानाकर्षण पत्र बुझाएका हुन्। कांग्रेसभित्र अहिले महाधिवेशनका सन्दर्भमा क्रियाशील सदस्यताको विवाद टड्कारो छ।

प्रतिक्रिया