नेपाल आईपुग्यो थप १० लाख डोज भेरोसेल खोप


काठमाडौं – कोभिड—१९ विरुद्धको थप १० लाख डोज भेरोसल खोप काठमाडौँ आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोपसहित अवतरण गरेको हो ।

त्यस्तै थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज पनि चीन जाँदैछ । निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार आज राति ११ बजे निगमको जहाज बेइजिङ उड्नेछ ।

बाँकी डोज ल्याउन शनिबार उक्त जहाज फेरि बेइजिङ जाने कार्यक्रम छ । नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको हो ।

प्रतिक्रिया